विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने

दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ९, बुधबार (६ महिना अघि)
  • ६४ पटक पढिएको
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

असोज ९, काठमाडौँ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमलव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिए ।

# विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने

ताजा अपडेट

खोजी गर्नुहोस