दशैँमा उपत्यका छाड्ने मानिसहरु बढ्ने

यो बर्षको दसैँमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

यो बर्षको दसैँमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

असोज ९, काठमाडौँ । हिन्दू नेपालीहरुको महान चार्ड दशैंमा देशको राजधानी काठमाडौं प्रायः सुनसान देखिन्छ ।

दशै नेपालीहरुको एक मात्र महान चाड भएकोले पनि विभिन्न पेसा व्यवसायमा रहेका मानिसहरु दशैमा घर फर्किने भएकोले यस्तो अवस्था आएको बताइन्छ । यस वर्षको दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । मौसम राम्रो भएमा १८ लाख हाराहारीमा मानिस उपत्यकाबाट बाहिरिने सम्भावना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १३ लाखले दसैँमा उपत्यका छाडेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस