झ्याप्ले खोलामा पहिरोमा पुरिएको भ्यानबाट यसरी निकालियो शव (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (६ महिना अघि)
  • ३७३ पटक पढिएको
झ्याप्ले खोलामा पहिरोमा पुरिएको भ्यानबाट यसरी निकालियो शव (फोटोफिचर)

असोज १३,काठमाडौँ । विरल वर्षाले त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले विंगर भ्यान पुरेको छ । बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ को विंगर भ्यान पहिरोमा पुरिएको थियो ।

प्रहरीले भ्यानबाट १४ जनाको शव निकालेको छ । स्थानीय जनप्रतिनिधि,प्रहरी र डोजरको सहायताले शवहरु निकालिएको हो ।

निधन भएका १४ जनाको शव परिक्षणको लागि शिक्षण अस्पताल लगिएको इलाका प्रहरी कार्यालय खानिखोलाले बताएको छ। मृतकहरुको सनाखत हुन बाकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस