वीरगंजका विभिन्न नाकाहरुबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान बरामद

वीरगंजका विभिन्न नाकाहरुबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान बरामद

असोज १४, वीरगंज । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म वीरगंजले पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वास्थित विभिन्न नाकाहरुबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ११ लाख २३ हजार ८१८ बराबरको सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको ९ जनाको टोलीले भारतबाट बिभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भन्सार छलीका सामान बरामद गरेको हो ।

सामान ल्याउने व्यक्ति घटनास्थलबाट भाग्न सफल भए पनि प्रहरीले सामान नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार रु ७१,८१५ बराबरको किराना सामान, दुइ लाख बराबरको मोटरपार्ट्स, ४२ हजार ६५० बराबरको कस्मेटिक सामान, ८ लाख ९ हजार २३५३ बराबरको अन्य सामान्य औषधि बरामद गरिएको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले स्थानीय नाकाहरुमा नियमित जाँचका क्रममा यी सामान नियन्त्रणमा लिएको हो ।

 

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस