झ्याप्ले खोला पहिरो

झ्याप्ले खोला पहिरोमा धादिङका दुई जना अस्ताए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (६ महिना अघि)
  • ३९० पटक पढिएको
झ्याप्ले खोला पहिरोमा धादिङका दुई जना अस्ताए

असोज १७,  नौबिसे । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा एउटै पहिरोमा पुरिएका तीन वटा गाडीमा सवार ३५ जना मृत्तक मध्ये धादिङका दुई जना परेका छन् । २५ जना पुरुष र नौं जना महिला र एक बालिका रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले जानकारी दिएका छन् ।

पहिरोमा धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने ६३ बर्षिय सुमन बजगाईं र धादिङ ज्वालामुखी गाउँपालिका–२ की २६ वर्षकी लिलामाया तामाङ रहेकि छिन् ।
दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा झ्याप्ले खोलामा खसेको पहिरोले पुरेको थियो ।

 

#झ्याप्ले खोला पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस