च्याङग्राको मूल्य

यस वर्ष च्याङग्राको मूल्य घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १७, बिहिबार (६ महिना अघि)
  • ८० पटक पढिएको
यस वर्ष च्याङग्राको मूल्य घट्यो

असोज १७, म्याग्दी । दसैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यस पटक सस्तो भएको छ । च्याङग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसप टक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् ।

गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए ।

‘ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ’, उनले भने, ‘गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपालि ४५ हजार भन्दा कम हुन्छ ।’ गत वर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए ।

छेवाङसहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिडेर दुई सय ५० च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका हुन् । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।

#च्याङग्राको मूल्य

 

ताजा अपडेट

खोजी गर्नुहोस