गोरखामा डेंगु संक्रमणबाट १ महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १९, शनिबार (६ महिना अघि)
  • ८० पटक पढिएको
गोरखामा डेंगु संक्रमणबाट १ महिलाको मृत्यु

असोज १९, काठमाडौँ । गोरखामा डेंगु संक्रमणले एक महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका(७ कुलगाउँकी ४८ वर्षीय निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उनको उपचार भएको थियो ।

स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रबार उनको मृत्यु भएको कार्यालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस