खसी च्याङ्ग्राको मूल्य निर्धारण : जिउँदो खसी प्रतिकिलो ६७० रुपैयाँ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १९, शनिबार (६ महिना अघि)
  • ११६ पटक पढिएको
खसी च्याङ्ग्राको मूल्य निर्धारण : जिउँदो खसी प्रतिकिलो ६७० रुपैयाँ !

असोज १९, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याइएका खसी च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।
जस अनुसार जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० मा १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको हो ।

यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिने भएको छ कम्पनीले दसैँमा १ हजार ५०० खसी बोका र ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट २० गते आइतबारदेखि बिक्री गरिने कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस