आजदेखि काठमाडौंमा मेलम्चीको पानी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन २२, मंगलबार (६ महिना अघि)
  • ७५ पटक पढिएको
आजदेखि काठमाडौंमा मेलम्चीको पानी

असोज २२,काठमाडौँ । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए । मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ ।

‘हामी अहिले सिन्धुपाल्चोकमै छौं, मेलम्चीका स्थानीयसँग सहमति भइसकेको छ । पानी आज साँझसम्म काठमाडौंका धारामा झर्छ,’ मन्त्री यादवले भने ।

११ असारदेखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।

सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमाबर सहमति भएको छ । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ ।

आन्दोलनरत मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सहित टोली सोमबार मेलम्ची पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस