असोज २५,काठमाबाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो ।
राजमार्ग सञ्चालनका लागि पहिरो हटाउन प्राविधिक टोलीसहित रोसी गाउँपालिकाको दाउने भन्ने ठाउँमा रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक खुलाउन रातदिन नभनी काम भएकोले आजदेखि सञ्चालनमा आएको बताए ।
सङ्घीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको बताउँदै सचिव शर्माले अहिले अवरुद्ध रहेका ठाउँहरूमा कतै दुईतर्फी र कतै एकतर्फी सञ्चालनमा आएको बताए । । उनले भने, “चाडपर्व नभनी बिहीबार बिहानैदेखि प्राविधिक जनशक्ति र उपकरणहरू सडक खुलाउन लागेका छन् ।