कार्तिक १०, काठमाडौं । तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । १ करोड ४५ लाख ६ हजार रुपैयाँको पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको काजु आयात भएको छ ।
यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको नरिवल, २ लाख रुपैयाँको कटुस, १ करोड ३० लाख रुपैयाँको छोकडा, १० करोड ६१ लाख ६१ हजार रुपैयाँको किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।