जुवाको खालबाट नगद नौ लाखसहित १५ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक १८, आईतबार (५ महिना अघि)
  • ७७ पटक पढिएको
जुवाको खालबाट नगद नौ लाखसहित १५ जना पक्राउ

कात्तिक १८,सुनसरी । धरानको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ ।
अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को बर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस