कार्तिक शुक्ल द्वितीयामा भाइटीका लगाएसंगै सकियो तिहार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक १९, सोमबार (५ महिना अघि)
  • ७४ पटक पढिएको
कार्तिक शुक्ल द्वितीयामा भाइटीका लगाएसंगै सकियो तिहार

कात्तिक १९,काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस