बन्दीहरूले कारागारमै लगाए भाइटीका

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ कार्तिक १९, सोमबार (५ महिना अघि)
  • ९२ पटक पढिएको
बन्दीहरूले कारागारमै लगाए भाइटीका

कात्तिक १९,नुवाकोट । नुवाकोट कारागारका कैदीबन्दीहरूले सामूहिकरूपमा यस वर्षको तिहार पर्व मनाएका छन्। विदुर नगरपालिका–६ खम्पाक्याम्पमा रहेको कारागारका बन्दीहरूले आइतबार एकआपसमा भाइटीका लगाउनुका साथै सामूहिकरूपमा देउसी भैलो खेलेर तिहार मनाएका हुन् ।

विभिन्न मुद्दामा कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन विताइरहेकाहरूले कारागारभित्रै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ । कारागारमा बन्दी जीवन व्यतित गरिरहेकाहरूले नै दाजुभाइ र दिदीबहिनी मानेर एक आपसमा भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका कैदीबन्दीहरूलाई कारागारमै पुगेर आइतबार ७ बजेदेखि नै बेलुकी ५ बजेसम्म आफ्ना दिदीबहिनी तथा दाजुभाइले भाइटीका लगाइदिएको कारागारका सूचना अधिकारी रामशंकर शाहले बताए। कतिपय बन्दीहरूले कारागारमै दाजुभाइ तथा दिदीबहिनी मानेर सप्तरंगी टीका लगाए भने बन्दीहरूका दिदीबहिनी पनि कारागारमै आएर भाइटीका लगाइदिएको शाहले बताए।
नुवाकोट कारागारमा रहेका एक जना नाबालिका, २० महिलासहित तीन सय ९८ जना कैदीबन्दीहरू रहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस