कात्तिक १९,काठमाडौँ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ३ सय ६० ग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै नागार्जुन नगरपालिका–५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–२ भानु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका–५ सतिसाले बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै कैलालीको टिकापुर नगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई स्थानिय प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।