हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २३, शुक्रबार (५ महिना अघि)
  • ६० पटक पढिएको
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने

कार्तिक २३, काठमाण्डौँ ।  नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ ।
सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो ।
आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर, र विश्व कार डिजाइन अफ दि इयर जस्ता सम्मानित पुरस्कारहरू प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड, र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ ।
आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाट को जस्तै हुनेछ ।
करिव एक महिना भित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस