आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २, आईतबार (५ महिना अघि)
  • ८३ पटक पढिएको
आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने

मंसिर २,काठमाडौँ । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रको एकरदुई ठाउँमा बदली र सामान्य वर्षाको सम्भावना रहे पनि सबैजसो ठाउँमा मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले तराईका केही ठाउँमा हुस्सु लागेको छ । दिउँसो हुस्सु हट्नेछ । आज पनि काठमाण्डौ उपत्यकासहित विभिन्न शहर र तराई क्षेत्रमा वायु प्रदूषण उच्च छ । बिहान चितवनको भरतपुरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५५ रहेको छ ।

यस्तै काठमाण्डौको रत्नपार्क, खुमलटार, भक्तपुरलगायतका ठाउँमा रहेका मापन केन्द्रहरुले पनि एक्यूआई एक सय ५० आसपासमा रहेको देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई एक सय ५० भन्दा बढी हुनुलाई अस्वस्थ मानिन्छ । भारत, पाकिस्तानलगायतका देशको प्रदुषित हावा नेपाल आइपुग्दा र त्यसमा स्थानीय उत्पादनसमेत थपिएकोले नेपालमा वायु प्रदुषण बढेको विज्ञहरु बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस