मंसिर ७,काठमाडौँ । किवानिस क्लब अफ नमस्ते नेपाल द्वारा गौरिघाट नजिकै बागमती करिडोरमा विभिन्न फलफुल, फुल लगायतका विभिन्न बिस वटा बिरुवा रोपेको छ । क्लबका सचिब अरुण सिलवालको जन्मदिनको अवसर पारेर बृक्षारोपण गरिएको संस्थाले जनाएको छ ।
काठमाडौलाई हरियाली र सुन्दर शहर बनाउने अभियान अन्तर्गत बृक्षारोपण गरिएको र सामाजिक रूपमा विभिन्न कार्यक्रमहरु गर्दै लैजाने क्लबका अध्यक्ष हरिन्द्रराज घिमिरेले बताए । कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका पुर्ब सदस्य तथा अर्थबिद डा. चन्द्रमणि अधिकारी, विशेष अतिथि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हरि कुमार सिलवाल, संचारकर्मी घनश्याम रिजाल, व्यावसायी दिनेश पाण्डे, समाजसेवी शिवहरी खनाल, प्राध्यापक प्रकाशराज पाण्डे लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिले पर्यावरण र बृक्षारोपणका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै संस्थाका सचिव अरुण सिलवालले अब जन्मदिन मनाउने तरिका फरक हुनुपर्ने बताउदै आफुले त्यसको शुरूवात गरेको जानकारी दिए।
कार्यक्रम संस्थाका अध्यक्ष हरिन्द्रराज घिमिरेको संयोजकत्वमा सम्पन्न भएको थियो ।
अनलाइनकेन्द्रका प्रबन्ध निर्देशक रिजाल लामो समयदेखि पत्रकारितामा छन् ।