किवानिस क्लव अफ नमस्ते नेपालद्धारा दृष्टिविहिन बालबालिका शैक्षिक केन्द्रलाई आर्थिक सहयोग

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ मंसिर १६, आईतबार (४ महिना अघि)
  • ३४८ पटक पढिएको
किवानिस क्लव अफ नमस्ते नेपालद्धारा दृष्टिविहिन बालबालिका शैक्षिक केन्द्रलाई आर्थिक सहयोग

मंसिर १६,काठमाडौँ । किवानिस क्लव अफ नमस्ते नेपालले तारकेश्वर ५ बसाहचौर स्थित दृष्टिविहिन बालबालिका शैक्षिक केन्द्रलाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष हरिन्द्रराज घिमिरेको जन्मदिनको अवसर पारेर एक कार्यक्रम आयोजना गर्दै सहयोग गरेको हो । क्लवले नगद १४ हजार रुपैया सहयोग गरेको हो । विशेषगरी बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको किवानिस क्लव अफ नमस्ते नेपालले दृष्टिविहिन बालबालिका शैक्षिक केन्द्रमा रहेका २५ जना बालबालिकाको लागि १ दिनको खाना तथा खाजाको लागि सहयोग रकम उपलब्ध गरेको क्लवका अध्यक्ष घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै उनले जन्मदिनमा हुने खर्चलाई रोक्दै सत्कर्मको बाटोमा आफुलाई अघि बढाउनन यस खालको सहयोग गरेर जन्मदिन मनाउदा मन आनन्द भएको र जन्मदिन मनाउनेहरुले सामाजिक रुपमा केहि गर्न सके मानविय संवेदनशिलता झल्कने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी किवानिस नेपालका डिस्ट्रिक गभर्नर कृष्णप्रसाद ज्ञवालीले विशेष गरी बालबालिकाको लागि शिक्षा,स्वास्थ्य, नेतृत्व विकास,खेलकुद र वातावरणका क्षेत्रमा काम गर्दै आइरहेको संस्थाको प्रतिनिधिले आफ्नो जन्मदिनमा दृष्टिविहिन बालबालिकाको लागि गरेको सहयोगको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै दृष्टिविहिन बालबालिका शैक्षिक केन्द्रका अध्यक्ष विनोद काफ्लेले आफु पनि दृष्टिविहिन भएकाले यसैको क्षेत्रमा काम गर्न चाहेको र हाल देशभरका २५ दृष्टिविहिन असाहय बालबालिकाको लागि बस्ने खाने र पढ्ने व्यवस्था गरिरहेको र संस्था संचालनको लागि यसरी गरेको सहयोगको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

त्यसैगरी विशेष अतिथि संचारकर्मी घनश्याम रिजालले जन्मदिनमा रक्सी र मासुको भोज गर्नुको सट्टा यस्तै सामाजिक काममा लाग्नुपर्ने र यसरी जन्मदिन मनाएकोमा धन्यवाद व्यक्त गरेका थिए । प्रेसिडेन्ट इलेक्ट महानन्द तिमिल्सिनाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल सरकारका पुर्व सहसचिव तथा समाजसेवी आनन्द बज्राचार्य,कराँते प्रशिक्षक तथा समाजसेवी मोहन महर्जन,पृथ्वीनारायण मावीका शिक्षक भिमप्रसाद दाहाल,समाजसेवी अम्बिका घिमिरे, बसन्त श्रेष्ठ आयोजक संस्था किवानिस क्लब नमस्ते नेपालका तर्फबाट तिर्थमान महर्जन,अरुण सिलवाल,दिनेश प्रधान,शिवहरी खनाल,शिशिर आरएम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष हरिन्द्रराज घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस