कालीमाटीमा प्याज, च्याउ, गाँजर र भन्टा सस्तियो, अन्य तरकारीको मूल्य कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर २५, मंगलबार (४ महिना अघि)
  • ६६ पटक पढिएको
कालीमाटीमा प्याज, च्याउ, गाँजर र भन्टा सस्तियो, अन्य तरकारीको मूल्य कति छ ?

मंसिर २५, काठमाण्डौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज आलु, प्याज, च्याउ, गाँजर भन्टासहितका तरकारीको मूल्य केही घटेको छ । कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ ।

कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ । स्कुस प्रतिकिलो २५ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, टनेलमा फलेको सानो गोलभेँडा १२०, रातो आलु ७३, सेतो आलु ६२, सुकेको भारतीय प्याज ९३, तराईको गाँजर ९५, लोकल बन्दा ५५, तराईको काउली ५३, मुला ३५ रुपैयाँ प्रतिकिलो छ ।

त्यसैगरी भन्टा ४५, तनेबोडी ११०, मकै बोडी ४५, लौका ५५, परबल ७५, भिन्डी ९५, स्कुस २५, रायोको साग ३२, कन्य च्याउ १६६, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो ।

ताजा अपडेट

खोजी गर्नुहोस