आज पनि उपत्यकामा घमाइलो हुने,तराईका केही ठाउँमा हुस्सु र कुहिरो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २, मंगलबार (४ महिना अघि)
  • ६९ पटक पढिएको
आज पनि उपत्यकामा घमाइलो हुने,तराईका केही ठाउँमा हुस्सु र कुहिरो

पुस २,काठमाडौँ । आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

काठमाण्डौमा आज हिजोअस्तिको जत्तिकै चिसो रहेको मौसमविद् गोविन्द झाले बताए । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस