पाैष ४, काठमाण्डाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ ।
चार लाख ६० हजार नौ सय ४० मात्रा खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको छ । उक्त खोपलाई विस्तारै प्रदेशमा पठाइनेछ । ‘एचपीभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको हो ।