दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ५, शुक्रबार (४ महिना अघि)
  • ४९ पटक पढिएको
दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

पौष ५, काठमाडौँ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।

बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो । साइबर अपराधको कसुरमा उनी गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी मंसिर २७ गते आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुनः पक्राउ परेका थिए ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्चले आदेश दिएपछि उनलाई शुक्रबार सर्वोच्चमा हाजिर गराइएको थियो । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस