बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष ६, शनिबार (४ महिना अघि)
  • ४९ पटक पढिएको
बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

पौष ६, काठमाण्डौँ । बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ ।

वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको हुन सक्ने जानकारी दिए । भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको उहाँको भनाइ छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कुनै मानवीय क्षति भएकोबारे जानकारी नआएको बताए ।

जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस