कालीकोटमा वडाध्यक्षमाथि धारिलो हतियार प्रहार गरी आक्रमण, टाउकोमा गहिरो चोट !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ६, शनिबार (४ महिना अघि)
  • ४६ पटक पढिएको
कालीकोटमा वडाध्यक्षमाथि धारिलो हतियार प्रहार गरी आक्रमण, टाउकोमा गहिरो चोट !

पौष ६, काठमाण्डौँ । कालीकोटको महावै गाउँपालिका- ३ का वडाध्यक्ष पदमबहादुर सिंहमाथि आज बिहान ४ जनाको समूहले हातपात गरेको छ ।
घरमै बसिरहेको बेला वडाध्यक्ष सिंहमाथि चार जनाको समूहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेको हो ।

मदिरा सेवन गरेको आरोप लागेका जीवन सिंह, तारा सिंह, टोप सिंह, र घमन्ड शाहीको समूहले धारिलो हतियार प्रयोग गरेर वडाध्यक्ष सिंहमाथि आक्रमण गरेको बताइएको छ । टाउकोमा गहिरो चोट लागेपछि सिंहलाई जिल्ला अस्पताल कालीकोटमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

महावै गाउँपालिकाले यस घटनाप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा घटनालाई ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणका रूपमा व्याख्या गरिएको छ । दोषीहरूविरुद्ध कडा कारबाहीको माग गरिएको छ । आक्रमणपछि आरोपितहरू फरार रहेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस