मुग्लिन–नौबिसे सडक आजदेखि दिउँसो तीन घण्टा बन्द हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ७, आईतबार (४ महिना अघि)
  • ५६ पटक पढिएको
मुग्लिन–नौबिसे सडक आजदेखि दिउँसो तीन घण्टा बन्द हुने

पौष ७, काठमाण्डौँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आझ आइतबारदेखि एक साता दिउँसोमा आंशिक बन्द हुने भएको छ ।
सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आइतबारदेखि यही पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दरैका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गरिनेछ ।
उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस