पुस १०,धादिङ । महादेवस्थान माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त विद्यालयको वार्षिकोत्सव समारोह विभिन्न क्रियाकलापहरु सहित गरिएको हो ।
कार्यक्रममा पुर्व प्रधानाध्यापक तथा पुर्व शिक्षकलाई सम्मान गरिएको छ । यस्तै यस अघि सम्पन्न भएका विभिन्न प्रतियोगिताका विजयी विद्यार्थी, कक्षा प्रथम भएका विद्यार्थी लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पनि विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत विद्यालयका प्रधानाध्यापक केशव प्रसाद रुपाखेतीले गरेका थिए ।
यस्तै विद्यालयको विभिन्न पक्षहरुको बारेमा सहभागी प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी लगायतले आफ्नो भनाई प्रस्तुत गरेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषी कुमार ढकालको अध्यक्षता तथा नगरपालिकाको मेयर बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता र उपप्रमुख सुरज उप्रेतीको विशेष आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी, पुर्व शिक्षक, व्यवस्थापन समितीका पुर्व अध्यक्ष, विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।