पौष १२, काठमाण्डौँ । न्यायपरिषदको बैठकले उच्च तथा जिल्ला अदालतका २५ न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। आज बसेको परिषद्को बैठकले सरुवा तथा काजको सिफारिस गरेको हो ।
उच्च तथा विशेष अदालतमा कार्यरत नौ तथा जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस भएको हो । विशेष अदालतमा कार्यरत खुसीप्रसाद थारूको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएको छ ।