एकिकृत घुम्ती शिविरको तेस्रो दिन: थाक्रे गाउँपालिका-३ मा २४७ जनाले लिए सेवा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • १३८ पटक पढिएको
एकिकृत घुम्ती शिविरको तेस्रो दिन: थाक्रे गाउँपालिका-३ मा २४७ जनाले लिए सेवा

पुस १३,धादिङ । थाक्रे गाउँपालिका वडा नम्बर ३ मा भएको एकिकृत घुम्ति शिविरमा २४७ जनाले सेवा लिएका छन् । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा शनिबार तेस्रो दिन उक्त संख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताए । उनका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।

यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३७८ जनाले सेवा लिएका थिए । यो सँगै तेसो दिनसम्म घुम्ति शिविर मार्फत ८१२ जनाले सेवा लिईसकेका छन् ।

शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । शिविरमा ७ जनाले योजना सम्झौता गरेका छन् । यस्तै सामी शाखा अन्तर्गत ५५ जनालाई परामर्श प्रदान गरिएको छ ।

यस्तै ५५ जनाले सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । कृषी तथा पशु शाखा अन्तर्गत २० जनालाई परामर्श तथा ३६ जनाले गोबर परिक्षण र भ्याक्सिन तथा उपचारको सँख्या ५० रहेको छ । यस्तै ४ जनालाई राजश्व परामर्श, १ जनाको व्यवसाय नविकरण गरिएको छ ।

यसैगरी १ जनालाई अपाङ्ग परिचयपत्र र ६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत ५ जनालाई परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत २५ जनाले सेवा लिएका छन् ।

अब आईतबार वडा नम्बर ७ र ८ को लागि ८ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने सामी शाखाका लक्ष्मी भुजेलले जानकारी दिइन् । गाउँपालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस