लामामाथि रड आक्रमण घटना: दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • १०२ पटक पढिएको
लामामाथि रड आक्रमण घटना: दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ

पुस १३,काठमाडौँ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमण घटनामा दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए।

लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको परिसर स्रोतले बतायो ।

यसअघि विक्रम लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस