हुम्लामा सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ७४ पटक पढिएको
हुम्लामा सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण हुने

पौष १४, काठमाडौँ । राष्ट्रिय ‍प्रसारण ग्रीड कम्पनीले हुम्लामा सबस्टेसन निर्माणका लागि करिब ११० रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

कम्पनीले हुम्लाको सर्केघाट गाउँपालिकामा हुम्ला ४००/१३२ केभीको सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागेको हो । कम्पनीले हुम्ला(कालीकोट ४००केभी प्रसारणलाइन निर्माण गर्न लागेको छ ।

यो प्रसाणलाइनबाट हुम्ला कर्णाली र मुगु कर्णालीका करिब २५०० मेगावाटका आयोजना राष्ट्रिय प्रसारण आउनेछन् । यो सबस्टेसनबाट नेपालभित्र र भारतका लोड सेन्टरहरुमा बिजुली प्रसारण गर्न सकिने छ । यो सबस्टेसनलाई हुम्ला र मुगु क्षेत्रको जलविद्युत् विकासको लागि कोसेढुंगा हुने अपेक्षा गरिएको छ ।

यो प्रसारणलाइन कैलालीको दोधाराबाट सुरु भई कालिकोटको भएर हुम्ला जान्छ । जुन करिब २२० किमी को हुनेछ । हाल दोधारादेखि कालिकोट ९फुकोट० सम्मको खण्ड निर्माणाधीन छ । यो अधिग्रहण पश्चात हुम्ला(कालिकोट खण्ड अन्तर्गतको ९० किमीको विस्तृत इन्जिनियरिङ र वातावरणीय अध्ययन सुरु गरिने छ । दुई वर्षमा निर्माणमा जाने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस