बढुवा भएको नौं दिनमै एआईजी बोहरा अवकाश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ८२ पटक पढिएको
बढुवा भएको नौं दिनमै एआईजी बोहरा अवकाश

पौष १४, काठमाण्डौँ ।  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा अवकाश भएका छन् । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आज (आइतबार) बाट अवकाशमा गएका हुन् ।

बोहरा २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकास हुँदा एआईजीका रूपमा उनले नौं दिन मात्र बिताउन पाएका छन् । उनले एक साताअघि मात्रै दज्र्यानी चिह्न लगाएका थिए ।

अवकासमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो । बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् । मंगलबारदेखि अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पनि अवकास हुँदैछिन्। उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस