बालेनको उदाहरणीय घोषणा : राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • ६३ पटक पढिएको
बालेनको उदाहरणीय घोषणा : राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

पौष १५, काठमाडौँ ।  राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बन्ने भएको छ ।

जसका लागि काठमाडौं महानगरपालिकाका  प्रमुख बालेन शाहले महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालीक बनाउने आज घोषणा गरेका छन् ।

महानगरपालिकाको जारी १६ औं अधिवेशनमा प्रमुख शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

सिंहको गत १ पुसमा निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो महानगर प्रमुखका रुपमा सिंह निर्वाचित भएका नेता हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस