पुस २०,काठमाडौँ । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नयाँ कार्यसमिति सर्वसहमति साथ चयन समेत गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा विसु कुमार के.सी. चयन भएका छन् । अमर बहादुर थापा उपाध्यक्ष, लक्ष्मण प्रसाद रिमाल महासचिव, सरोज खनाल सचिव, शिवा थापा कोषाध्यक्ष पदमा चयन भए ।
सभाले चुडामणी देवकोटा, डा.प्रतिभा पाण्डे, अधिवक्ता लक्ष्मी सापकोटा, अधिवक्ता मुकेश ढुङ्गाना र सज्जनवर सिंह थापालाई सदस्यमा चयन गरेको छ ।
यस अघि संस्थाको अध्यक्ष पदमा मधुसुदन पौडेलले सम्हाल्दै आएका थिए । कार्य समितिको निर्वाचन अधिकृतको रुपमा अधिवक्ता बोध लाल पुरी रहेका थिए ।