माैसम पूर्वानुमान : नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ४५ पटक पढिएको
माैसम पूर्वानुमान : नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहने

पाैष २२, काठमाण्डाैँ । हाल नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना छ ।

आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु गरिसकेको र त्यसको प्रभावस्वरूप दुई दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ । सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात हुनेछ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस