धुनिवेशी अस्पताल हस्तान्तरण गर्ने भनिएको कार्यक्रम अनुगमनमा परिणत

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • २०९ पटक पढिएको
धुनिवेशी अस्पताल हस्तान्तरण गर्ने भनिएको कार्यक्रम अनुगमनमा परिणत

पुस २२,धादिङ। धुनिवेशी नगरपालिकामा नवनिर्मित नगर अस्पताल एक सातापछि नगरपालिकाले बुझ्ने भएको छ । सोमबार एक कार्यक्रमबीच ठेकदार कम्पनीले हस्तान्तरण गर्ने भनिएतापनि अन्तिम समयमा आएर हस्तान्तरण कार्यक्रम रोकिएको हो । अन्तिममा हस्तान्तरण कार्यक्रम अनुगमनमा परिणत भएको छ । नगरउपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, नौबिसे स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष यदुनाथ पाठक, आयोजना प्रमुख विदुर खड्का लगायतले नगर अस्पताल हस्तान्तरण कार्यक्रमको लागि सँयुक्त अनुगमन गरि निर्माण पक्षलाई सुझाव दिईएको हो ।

अनुगमनका क्रममा केहि कमजोरी देखिएकाले उक्त कार्य एक हप्ता भित्र सम्पन्न गरेपछि मात्र नगर अस्पताल हस्तान्तरण कार्यक्रम गरिने नगरउपप्रमुख उप्रेतीले बताए । नगर अस्पताल बनेपनि सञ्चालन नभएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको थियो । यद्यपी नगर अस्पताल पुर्णरुपमा नबनिसकेको भन्दै नगरपालिकाका उपप्रमुख उप्रतीले  अनुगमनपछि ठेकेदारलाई बाँकी काम सक्न र त्यसपछि मात्रै नगरपालिकालाई हस्तान्तरण गर्न भनेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत पौडेलले अनुगमन पछि विभिन्न सुझावहरु पनि दिईएको बताए । स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष पाठकले अस्पताल निर्माणमा भएका विभिन्न कमजोरी तत्काल सुधार्न अनुरोध गरेका छन्।

अनुगमन पछि आयोजना प्रमुख खड्काले एक साता भित्र देखिएको कमजोरी सुधारेर नगरपालिकालाई अस्पताल हस्तान्तरण गरिने बताए ।

सँयुक्त अनुगमनमा स्वास्थ्य शाखा प्रमुख धुव्र अधिकारी सहित ईन्जिनियर, पत्रकार, राजनैतिक दलका प्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस