त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • ४३ पटक पढिएको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ

पौष २३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनजस्तो देखिने धातुको ढिक्का १ थान र औंठी १ थानसहित एकजनालाई नियन्त्रणमा लिएको छ । चितवन भरतपुर महानगरपालिका १२ घर भएका २५ वर्षीय संजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस