स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २४, बुधबार (३ महिना अघि)
  • ४८ पटक पढिएको
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा

पौष २४, काठमाडौँ । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका दुई प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार दुवै जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक समिति सदस्य कमल सुवेदी थिए । सुनिता नेवासँग चार लाख र कमल लामासँग तीन लाख धरौटी माग भएको श्रेस्तेदार शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस