ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २४, बुधबार (३ महिना अघि)
  • ४९ पटक पढिएको
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार

पौष २४, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका– १ भालुमारेदेखि मयानी जाँदै गरेको लु प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए । भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस