वायुसेवा निगम सुधार्न ४ सदस्यीय अध्ययन समिति गठन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ४६ पटक पढिएको
वायुसेवा निगम सुधार्न ४ सदस्यीय अध्ययन समिति गठन

पौष २५, काठमाडौँ । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल छन् ।

समितिका निर्णयबारे जानकारी गराउँदै समितिका सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने बताए ।

#वायुसेवा निगम # उपसमिति गठन

ताजा अपडेट

खोजी गर्नुहोस