मोरङको सुन्दरहरैंचा नगरपालिका ७ मालती पुलनजिकै ४ वटा सिलिन्डर बम फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ५८ पटक पढिएको
मोरङको सुन्दरहरैंचा नगरपालिका ७ मालती पुलनजिकै ४ वटा सिलिन्डर बम फेला

पौष २५, विराटनगर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ७ मालती पुलनजिकै ४ वटा सिलिन्डर बम फेला परेको छ । बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा मालती पुलबाट क्रिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार माओवादी द्वन्द्वकालमै बम राखिएको सूचना आएको थियो। सूचनालगत्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो । बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन डाईभर्ट गरिएको र घटनास्थल वरपर आवतजावतमा रोक लगाएको जोशीले बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैंचा ७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै माओवादीकै केही नेताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो। फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस