वाइफाइको विषयमा झगडा हुँदा ८० वर्षीय हजुरबुवाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ५७ पटक पढिएको
वाइफाइको विषयमा झगडा हुँदा ८० वर्षीय हजुरबुवाको मृत्यु

पौष २५, काठमाण्डौँ । वाइफाइको विषयलाई लिएर आफन्तबीच भएको झैझगडामा ८० वर्षीय वृद्धको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटना पर्साको पोखरिया नगरपालिकाको हो ।

घटनामा पोखरिया नपा–८ जगातपुर निवासी ८० वर्षीय वृद्ध रमजान देवानको मृत्यु भएको हो । हजुरबुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा २० वर्षीय नाति काबुल भन्ने आजाद देवान र १८ वर्षीया नातिनी खुश्बु खातुन पक्राउ परेका छन् ।

हाल आरोपित दाजुबहिनी इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा छन् । प्रहरीले ज्यानसम्बन्धी कसुर अपराधमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । दुवै रोज देवानका छोराछोरी हुन् । मृतक हजुरबुवा रमजानको शव नारायणी अस्पताल वीरगन्जमा परीक्षण गरिएको छ । शव परीक्षणको नतिजा आउन बाँकी छ ।

#वाइफाइ #झगडा

 

ताजा अपडेट

खोजी गर्नुहोस