प्याब्सन धादिङका अध्यक्षमा दिनेश भट्ट निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ८० पटक पढिएको
प्याब्सन धादिङका अध्यक्षमा दिनेश भट्ट निर्वाचित

पौष २५, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) धादिङको अध्यक्षमा दिनेश भट्ट निर्वाचित भएका छन् । प्याव्सन धादिङको ११औं जिल्ला अधिवेशबाट शान्तिदीप एकेडेमीका दिनेश भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा राईजिङ स्टार बोर्डिङका टिका थपलिया, सचिवमा एड्भान्स एकेडेमीका भीमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा ब्लुमिङ लोटसका सञ्जिव गजुरेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा आधारशिला पाठशालाबाट आँचल श्रेष्ठ, सल्यानटार बालविकासबाट देवीकुमारी पाण्डे र ब्राईटफ्यूचर मलेखुबाट राजकुमार त्रिपाठी चयन भएका छन् ।

#प्याब्सन धादिङ #दिनेश भट्ट #निर्वाचित

ताजा अपडेट

खोजी गर्नुहोस