२ एआईजी र ५ डीआईजीको बढुवा गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • ५८ पटक पढिएको
२ एआईजी र ५ डीआईजीको बढुवा गर्दै

पौष २६, काठमाण्डौँ । मन्त्रिपरिषद्‌को बैठकबाट २ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गर्ने भएको छ ।

यस्तै बैठकले ५ जना वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय पनि गर्नेछ । यसअघि पुस १७ गते बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ भने एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस