नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • ५० पटक पढिएको
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

पौष २६, काठमाण्डौँ । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र आईजीसीको बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ ।
विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो ।

बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए ।

उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसावले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गरे । प्रवक्ता बाबुराम अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापा र पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस