आज पृथ्वीजयन्ती मनाइँदै, राप्रपाले दरबारमार्गदेखि सिंहदरबारसम्म र्‍याली गर्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २७, शनिबार (३ महिना अघि)
  • ५० पटक पढिएको
आज पृथ्वीजयन्ती मनाइँदै, राप्रपाले दरबारमार्गदेखि सिंहदरबारसम्म र्‍याली गर्न

पौष २७, काठमाण्डौँ । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रमगरी मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस