न्यायपरिषदमा बरिष्ठ अधिवक्ता खड्का सिफारिस

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ५५ पटक पढिएको
न्यायपरिषदमा बरिष्ठ अधिवक्ता खड्का सिफारिस

पौष २८, काठमाण्डौँ ।  विगत डेढ महिनादेखि खाली रहेको न्यायपरिषद् सदस्यमा बरिष्ठ अविधक्ता दामोदर खड्काको नाम नेपाल बार एशोसिएशनले सिफारिस गरेको छ ।

दुई सदस्यमध्ये एकजना नेपाल बार एशोसिएशनबाट र एकजना प्रधानमन्त्रीबाट सिफारिस हुने संवैधानिक व्यवस्थाबमोजिम खाली रहेको बारबाट सिफारिस हुने सदस्यको रुपमा खड्काको नाम बारले सिफारिस गरेको हो । उनी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको छिमेकी समेत हुन ।

नेपालका संविधानको धारा १५३ ले नेपाल बार एशोसिएशनको सिफारिसमा बीसबर्षबढीको अनुभव भएका बरिष्ठ अधिवक्ता वा अधिवक्तालाई राष्ट्रपतिबाट सदस्यमा नियुक्त गरिने व्यवस्था छ ।

सो पदमा नियुक्तिका लागि ल क्याम्पसका पूर्व प्रमूखदेखि पूर्व महान्यायाधीवक्तासम्मले दावी गरेका थिए । पूर्व क्याम्पसप्रमूख रजितभक्त प्रधानाङको बलियो संभावना रहेतापनि उनलाई समेत उछिनेर खड्का सिफारिस भएका हुन । राष्ट्रपतिले नियुक्ति गरी सपथ खाएपछि औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।

नेपाल ल क्याम्पसका पूर्व प्रमूख प्रा.डा.समेत रहेका बरिष्ठ अधिवक्ता रजित भक्त प्रधानाङ्गदेखि पूर्व महान्यायाधीवक्ता समेत रहेका बरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव सम्मले दावी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस