नेपाल प्रहरीका २५ जना एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ १, मंगलबार (३ महिना अघि)
  • ६५ पटक पढिएको
नेपाल प्रहरीका २५ जना एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

माघ १, काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरीतर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले सोमबार राति उनीहरुको बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले जनाएको छ ।

३८ प्रतिस्पर्धीमध्ये २५ को छनौट कष्टकर हुँदा बढुवा सिफारिस विलम्ब हुँदै आएको थियो । प्रकाशित बढुवा सिफारिसमा २०७५ फागुन ७ र २०७७ वैशाख ११ मा डीएसपीबाट एसपी बढुवा हुनेहरू पनि समेटिएका छन् । पहिलो लट, अर्थात् २०७५ फागुन ७ मा एसपी बढुवा हुनेमध्येका रमेश थापाले एसएसपी बढुवामा पनि पहिलो नम्बरको अग्रता कायम राखेका छन् ।

सोही ब्याचबाट दोस्रो र तेस्रो सूचीमा एसपी बढुवा हुनेहरू एसएसपी बढुवामा अगाडि परेका छन् । दोस्रो सूचीका एसपी शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, तेस्रो लटका सन्तोषसिंह राठौर, राजेन्द्रप्रसाद धमलासहित एसएसपी बढुवाको पहिलो सूचीमा पर्न सफल भए । तर, पहिलो सूचीमै एसपी बढुवा भए पनि ‘भैसेपाटी हनिट्र्याप काण्डमा’ विवादमा मुछिएका कमल थापा र अर्का विवादास्पद एसपी प्रकाश रानाभाट बढुवा सिफारिसबाट बाहिरिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस