आज कोशीबाहेक अन्य ठाँउमा मौसम सफा रहने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ १, मंगलबार (३ महिना अघि)
  • २५ पटक पढिएको
आज कोशीबाहेक अन्य ठाँउमा मौसम सफा रहने

माघ १,काठमाडौँ । आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईरमधेसमा बिहान हल्का हुस्सु र कुहिरो भए पनि घाम लागेसँगै दिउँसो मौसम सफा नै रहने अनुमान छ ।

आज उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि देशका धेरै ठाउँमा मौसम सफा नै रहने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस