फास्टफूड एसोसिएसन नेपालको आठौँ अधिवेशन सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ १, मंगलबार (३ महिना अघि)
  • १४६ पटक पढिएको
फास्टफूड एसोसिएसन नेपालको आठौँ अधिवेशन सम्पन्न

माघ १,काठमाडौँ । फास्टफूड एसोसिएसन नेपालको आठौँ अधिवेशन सम्पन्न भएको छ । राजधानीमा आयोजित अधिवेशनले नयाँ कार्यसमिती समेत गठन गरेको छ । सोमबार होटल ए वन भेन्युु कोटेश्वरमा आयोजित एक समारोहबीच आठौ राष्ट्रिय अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको हो ।

आठौँ अधिवेशनबाट अध्यक्षमा होमराज श्रेष्ठ सर्बसम्मत रुपमा चयन भएका हुन । उक्त अधिवेशनले बिधान समेत संशोधन गरिएको छ । विधान संशोधन भएपनि जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गर्न बाकी रहेको बताइएको छ । नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नयाँ कार्यसमितीको उपाध्यक्षहरूमा रामकाजी भण्डारी, नविन श्रेष्ठ, महासचिवमा राकेश श्रेष्ठ, सचिवहरूमा भीम प्रसाद आरण, कुमार भण्डारी, कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ, सदस्यहरुमा रविन्द्र भण्डारी, गोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुवास श्रेष्ठ, सुवास श्रेष्ठ, महेन्द्र श्रेष्ठ, तुलसी श्रेष्ठ चयन भएका छन् । पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अध्यक्ष श्रेष्ठले संस्थाको गरिमा राख्न आफु निरन्तर सक्रिय भउर काम गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस